हरर फिल्म ‘चि मुसी चि’को मोसन पोष्टर रिलिज

पौष १५ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘चि मुसी चिः इन डेड डिजायर बिलिङ्गिङ’को प्रदर्शन मिति एक साता पछि सारिएको छ । यो फिल्म अब पौषको २२ गतेबाट रिलिज हुँदैछ । पौषको १५ गते फिल्म ‘डिसेम्बर फल्स’ पनि रिलिज हुने भएकाले यो फिल्म पछि सरेको हो । एकसाथ २ फिल्म रिलिज गर्न नहुने भन्दै निर्माताले सहज बाटो रोजेका हुन् ।

यो फिल्मलाई अरुण चक्रावर्तीले निर्माण गरेका हुन् । एमी स्टूडियो प्रोडक्शनको ब्यानरमा निर्माण भएको हरर थ्रिलर जनराको यो फिल्मको मोसन पोष्टर सार्वजनिक भएको छ । सार्वजनिक पोष्टरमा मुख्य कलाकारहरु प्रियंका कार्की, बेनिशा हमाल, ऋचा शर्मा, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट लगायतका कलाकारलाई देखाइएको छ ।

मोसन पोष्टरमा समावेश गरिएको पाश्र्व संगीत र आवाजले दर्शकमा उत्सुकता र डर पैदा गरेको छ । मर्ण जेम्स र यश सैनीले निर्देशन गरेको यो फिल्ममा रिञ्जु केसीको पनि लगानी छ ।