बिहेको रमझममा सजिएकी स्वस्तिमा

नायिका स्वस्तिमा खड्कालाई बिहेले छपक्कै छोएको छ । विशेषगरि, नायक संयम पुरी र नायिका आश्मा डीसीको बिहेमा स्वस्तिमा मेहेन्दीदेखि बिहे समारोहसम्म रमाइन् । भोली आयोजना हुन लागेको बिहे भोजमा पनि स्वस्तिमा पुग्ने पक्का छ ।
स्वस्तिमाले बिहेको रंग भन्दै सामाजिक संजालमा केही तस्वीर पोष्ट गरेकी छिन् । जहाँ, उनी सारीमा सजिएकी छिन् ।
नेपाली नायिकाहरुमा स्वस्तिमा पहिरनको राम्रो ज्ञान भएकी नायिकाको रुपमा चिनिन्छिन् । सारीमा उनी धपक्कै बलेकी छिन् । कतै चश्मा समेत ढल्काएकी स्वस्तिमाको सुन्दरताले उनका फ्यानहरुलाई पनि मोहित बनाएको छ ।
कामको कुरा गर्नुपर्दा फिल्म ‘चिसो मान्छे’ पछि स्वस्तिमाले नयाँ फिल्म साइन गरेकी छैनन् ।
‘छक्का पञ्जा ४’को पहिलो गीत सार्वजनिक

‘मनसँग मन’को ट्रेलर: वर्षा र पुष्पको आकर्षक केमेस्ट्री र प्रेममा आउने उतार- चढाव

स्वस्तिमा भन्छिन्–‘२ मिनेटको भूमिकाको प्रतिक्षा छ’

पशुपति प्रसाद-२ ‘भस्मे डन’ को घोषणा, फूलपातीमा प्रदर्शन हुने

गायक प्रमोद खरेलले आफ्नो पारिश्रमिक घाइतेको उपचारमा खर्च गर्ने

प्रतिक्रिया