परिवारसहित मंसिर २८ मा नेपाल आउँदैछन् विवेक ओबराय

परिवारसहित मंसिर २८ मा नेपाल आउँदैछन् विवेक ओबराय

नेपालको रमणीय दृश्यहरुले बलिउडकर्मीलाई पनि लोभ्याउन थालेको छ । पछिल्लो समय फिल्म ‘उचाई’ नेपालमा छायांकन भएपछि नेपालको सौन्दर्यताको चर्चा विश्वभर अझै फैलिएको छ । यसैबिच, बलिउडका सफल नायक बिबेक ओबराय नेपाल भ्रमणमा आउने भएका छन् ।

उनी, मंसिरको २८ गते नेपाल भ्रमणामा आउन लागेका हुन् । एक साता आफू नेपालमा रहने उनले भिडियो सन्देश जारी गर्दै बताएका छन् ।

एक साताको बसाइका क्रममा उनले लुम्बिनीमा आयोजना हुने मिट एण्ड ग्रीट कार्यक्रममा पनि सहभागीता जनाउने बताएका छन् ।

बिबेक श्रीमति प्रियंका अल्वा, छोरा भिभान र छोरी अमेयासँग नेपाल आउन लागेका हुन् । बिबेकका अनुसार, उनीहरुले सगरमाथाको आधार शिविर, पोखरा, काठमाडौं र पशुपतिनाथ लगायतका स्थानमा घुम्ने योजना बनाएका छन् ।

उनले, २० बर्ष लामो आफ्नो करिअरमा नेपाली फ्यानले दिएको मायालाई संझिएर पनि नेपाल आउन लागेको उल्लेख गरेका छन् । आफ्नो भ्रमणले नेपालको पर्यटन प्रवद्र्धनमा मद्दत पुग्ने उनको भनाई छ ।

प्रतिक्रिया