‘डिसेम्बर फल्स’को गीतलाई १० लाख भ्यूज, बक्स अफिसमा दर्शक फर्काउने आशा

कार्तिक ११ गते रिलिज भएको फिल्म ‘महापुरुष’पछि दर्शकको अभाव हलमा देखिएको छ । यसपछि रिलिज भएका कुनै पनि फिल्मले दर्शकलाई हलसम्म तान्न सकेनन् ।
‘लाखेदेखि पासो’सम्म आइपुग्दा दर्शकको खडेरी हलमा चरम रुपमा देखिएको छ । यसैले, अब कुन फिल्मले फेरि हलमा दर्शक फर्काउला भन्ने कौतुहलता फिल्मीकर्मीमा छ । यहीबिच, पौषको १५ गतेबाट फिल्म ‘डिसेम्बर फल्स’ रिलिज हुँदैछ ।
प्रविण झाको निर्देशनमा तयार भएको यो फिल्मको पहिलो गीत ‘फकाउनै जानीन’ केही समय अगाडि रिलिज भएको थियो । यो गीतले युट्युबमा १० लाख भ्यूज पाएको छ । गीतले लोकप्रियता पाएसँगै निर्माणपक्ष अझै उत्साहित छ । फिल्मको टिजरले पनि दर्शकको माया पाइसकेको छ ।
यो फिल्ममा आर्यन सिग्देल र उपासना सिंह ठकुरीको मुख्य भूमिका छ । फिल्ममा उपासनाको लागि आर्यनले गरेको एक्सनको कथा भनिएको छ । फिल्म ‘डिसेम्बर फल्स’को मेकिङबाट यसका निर्माता रामप्रसाद रिजाल सन्तुष्ट छन् ।
‘छक्का पञ्जा ४’को पहिलो गीत सार्वजनिक

‘मनसँग मन’को ट्रेलर: वर्षा र पुष्पको आकर्षक केमेस्ट्री र प्रेममा आउने उतार- चढाव

स्वस्तिमा भन्छिन्–‘२ मिनेटको भूमिकाको प्रतिक्षा छ’

पशुपति प्रसाद-२ ‘भस्मे डन’ को घोषणा, फूलपातीमा प्रदर्शन हुने

गायक प्रमोद खरेलले आफ्नो पारिश्रमिक घाइतेको उपचारमा खर्च गर्ने

प्रतिक्रिया