‘झिँगेदाउ’को सिक्वेल बन्ने, व्यस्त बने निर्देशक देउजा

निदेशक ज्ञानेन्द्र देउजा यो बर्षको हिट फिल्म ‘झिँगेदाउ’को सिक्वेल बनाउने तयारीमा लागेका छन् । यो फिल्मको कथा व्यस्त लेखक महेश दवाडीले लेखिरहेका छन् । फिल्मको छायांकन अर्को बर्षबाट सुरु गर्ने योजना उनको छ । ७ बर्षपछि ‘झिँगेदाउ’बाट निर्देशनमा कमब्याक गरेका देउजा सर्वाधिक सफल ठहरिए ।

यसकारण, उनी यही हिट फिल्मको सिक्वेल बनाएर दर्शकलाई नयाँ खुराक पस्कने तयारीमा छन् । उसो त, कुनै हिट फिल्मको सिक्वेललाई ‘खाली चेक’ भन्ने पनि गरिन्छ ।

फिल्म ‘झिँगेदाउ’ निर्देशनपछि देउजा फेरि व्यस्त बनेका छन् । उनी, निर्माता छविराज ओझाको ‘जेल ब्रेकर’ बनाउने तयारीमा छन् । यसपछि, उनले २ बाहिरी ब्यानरको फिल्म पनि निर्देशन गर्ने तयारी गरेका छन् ।

‘झिँगेदाउ’को लगानी भन्दा सिक्वेलको लगानी बढी हुने देउजाको कथन छ । दर्शकले अत्याधिक मन पराएका कारण यसपटक अझै उत्कृष्ट कथामा फिल्म बनाउनुपर्ने चुनौती पनि उनीसँग छ । फिल्ममा मुख्य कलाकारहरु केकी अधिकारी, आँचल शर्मा, मुकुन्द भुषाल, कुशल बिष्ट नै दोहोरिनेछन् । अन्य कलाकारको बिषयमा तय नभएको उनको भनाई छ ।