वेव सिरिजको निर्देशक बन्दै आर्यन, साहरुखले दिए शुभकामना

बलिउड नायक साहरुख खानका छोरा आर्यन खान वेव सिरिजको निर्देशन गर्दैछन् । उनले, आज मात्र सामाजिक संजालमा आफू निर्देशक बन्न लागेको जानकारी दिदै पहिलो प्रोजेक्टको स्क्रिप्टको काम सकिएको उल्लेख गरे । साहरुखका छोरा आर्यन नायक भन्दा पनि पर्दा पछाडि रहेर काम गर्न चाहन्छन् । उनले, केही समयदेखि वेव सिरिजको स्क्रिप्ट लेख्दै आएका थिए ।

आर्यनले वेव सिरिजको कथा लेखेर सकेको जानकारी दिएँसगै उनका पिता साहरुख खानले उनलाई शुभकामना दिएका छन् । सामाजिक संजालमा बाबुछोराको कुराकानी भाइरल बनेको छ ।

साहरुखले पहिलो प्रोजेक्ट सधै नै विशेष हुने उल्लेख गर्दै छोरालाई शुभकामना दिए । छोरा आर्यनले पनि बाबुलाई धन्यवाद दिदै सुटिङमा आउने अपेक्षा राखेका छन् । आर्यनलाई साहरुखले सुटिङ दिउँसो राख्न आग्रह गरेका छन् ।

आर्यनले अमेरिकामा पनि फिल्म निर्माण र लेखन सम्बन्धी अध्ययन गरेका थिए ।