‘८३’ मा एकसाथ रणवीर-दीपिका

भारतीय अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण विवाह पश्चात एकसाथ पर्दामा पति पत्नीको भूमिकामा देखिने भएका छन् । फिल्म ‘८३’ मा यी दुइले स्क्रिन सेयरको तयारी गरेका हुन् । दीपिका फिल्मका लागि फाइनल भएसंगै छायांकन स्थल लण्डन पुगेकी छन् ।

फिल्ममा रणवीरले क्रिकेटर कपिल देवको भूमिका निर्वाह गर्दैछन् । फिल्मको छायांकन मे १५ वाट सुरु भएको छ । पहिलो चरणको सुटिंग लन्डन र स्कटल्याण्डमा १०० दिनको हुनेछ । फिल्म एक था टाइगर निर्देशक कबिर खानले निर्दशन गर्दैछन् । फिल्ममा रणवीर र दीपिकाका अलावा ताहिर राज भसिन, साकिब सलीम, एमी वर्क, साहिल खट्टर, चिराग पाटिल, हार्डी संधूलगायतको अभिनय रहने छ ।