रणवीरको फिल्म ‘८३’ फस्टलुक सार्वजनिक

लगातार हिट फिल्म दिइरहेका भारतीय अभिनेता ‘रणवीर सिंह’ हाल फुल ‘८३’ मा ब्यस्त छन् । उनले पुर्व क्रिकेटर कपिल देवको भूमिका निभाइरहेका छन्  । फिल्म भारतीय टिमको क्रिकेट वर्ल्ड कप इतिहासको जितको बिषयमा बनेको छ ।  रणवीरले उक्त फिल्मको फस्ट लुक सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन् ।

पोस्टरमा फिल्मका मुख्य कलाकारलाई क्रिकेट मैदानमा देख्न सकिन्छ । फिल्मको छायांकन मे १५ वाट सुरु हुनेछ । पहिलो चरणको सुटिंग लन्डन र स्कटल्याण्डमा १०० दिनको हुनेछ। फिल्म एक था टाइगर निर्देशक कबिर खानले निर्दशन गर्ने छन् । फिल्ममा रणवीरको अलावा ताहिर राज भसिन, साकिब सलीम, एमी वर्क, साहिल खट्टर, चिराग पाटिल, हार्डी संधूलगायतको अभिनय रहने छ ।