टिकाको गीतमा ‘जुरेली’ को नृत्य (भिडीयो)

गायक राजेन्द्र बजगाईंको गीत ‘आँखामा तिमी’ सार्वजनिक भएको छ । डी पी खनालको शब्द र राजेन्द्रकै संगीत  रहेको गीतमा उनलाई गायिका टिका प्रसाइले साथ दिएकी छिन । पर्यटकीय छेत्र मुस्ताङमा करिब माइनस १० डिग्रीमा खिचिएको भिडियोमा रेस्लर अस्मिता जुरेली र नवमोडल रोहण रत्न बागचन्दको अभिनय रहेको छ । भिडियोमा रक कौशलको छायांकन,  राजेन्द्र बजगाईंको निर्देशन र विकास दाहालको भिडियो सम्पादन रहेको छ ।