आमासंग ‘आमा’ सित्तैमा

भोली शुक्रबार फागुन ९ बाट प्रदर्शनमा आउने फिल्म ‘आमा’ टिमले नयाँ अफर सुरु गरेको छ । टिमका अनुसार काठमाण्डौका केही फिल्म हलमा आफ्नी आमासँग फिल्म हेर्न पुग्दा निःशुल्क हेर्न पाउने व्यवस्था गरिएको छ ।

काठमाण्डौको जय नेपाल हलमा पौने १२ बजे, क्यूज हलमा पौने ११ बजे र कुमारी हलमा बिहान साढे ८ बजेको शोमा ‘आमा’ लिएर पुग्दा निःशुल्क फिल्म हेर्न पाइने निर्देशक दीपेन्द्र के खनालले जानकारी दिए । उनले भने–‘एक दिन आफ्नी आमासँग’ भन्ने भावका साथ हामीले यो घोषणा गरेका हौं ।’ हलमा यी शोहरु परिवर्तन नभएसम्मलाई यो घोषणा लागू हुने उनले बताए ।

दीपेन्द्र के खनाल निर्देशित यो फिल्ममा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाल लगायतका कलाकारको मुख्य भूमिका छ । शर्मिला पाण्डेले यो चलचित्रको निर्माण गरेकी हुन् ।