‘आमा’ पोस्टर सार्वजनिक

फिल्म आमाको पोस्टर सार्वजिक भएको छ । सार्वजनिक पोस्टर मध्ये २मा फिल्मकी मुख्य कलाकार सुरक्षा पन्त फिचर्ड छिन ।  भने एक तस्विरमा सुरक्षासंगै मिथिला शर्मा र एक पुरुषको धमिलो (पिडाभरिएको) चरित्र फिचर गरिएको छ ।  पोस्टरमा सुरक्षाको अर्धमुण्डन कपाल देखाईएको छ ।

फिल्ममा दिपेन्द्र के. खनालको लेखन, निर्देशन तथा छाँयाकन रहेको छ । फिल्मलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् भने सह-निर्माताको रुपमा सन्तोष अधिकारी रहेका छन् । भुपेन्द्र खड्काको गीत रहेको फिल्ममा देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढा लगायतको समेत अभिनय रहेको छ । फिल्म महाशिवरात्रीको अवसर पारेर आगामी फागुन ९ गतेबाट प्रदर्शनमा आउनेछ ।