आंचलजी अलि हतार पो भयो की ?

आंचल शर्मा अहिले प्रेममा भएको चर्चा छ । मेडिकल डाक्टरको प्रेममा रहेको भनिएकी उनी आजभोलि अलि बढी नै खुल्न थालेकी छन्, सामाजिक संजाल र व्यक्तिगत जीवनमा पनि ।

पहिला सम्बन्ध लुकाउने खुलेर बाहिर नआउने आंचल बढी नै खुलेको अनुभव दर्शकले गर्न थालेका छन् ।

अब त हुदा हुदा उनले बेडरुमको तस्विर सेयर गरिन् ‘लिव विथ नो रेग्रेट’ संगै मुटुको इमोजी राखेर । उनलाई के कुराको गुनासो नहुने होला ? उनको बेडरुम कहानी के होला ?

उनी डाक्टर श्रेष्ठको सम्बन्धमा छन्, छैनन् त्यो अर्को पाटो भयो । तर बाबाको ज्ञानी छोरी भन्दै सार्वजनिक हुन रुचाउने उनको यस किसिमको तस्विर र क्याप्सनले कता तर्फ इंगित गर्दै छ ?

फेरी उनको यो तस्विर सार्वजनिक भए पछीको पल शाहको स्ट्याटसले के संकेत गर्छ होला ?

आंचल जी अलि बढी हतारिनु पो भयो की?