पूर्व महानिरीक्षक खरेलको ‘आत्माकथा’ विमोचन

नेपाल प्रहरीका पूर्वमहानिरीक्षक अच्युतकृष्ण खरेलको ‘आत्माकथा’ विमोचन भएको छ । खरेलले ३ दशकमा आफुले भोगेको जीवनलाई आफ्नो पुस्तकमा समेटेका छन्  । पुस्तक शनिबार पूर्वराष्ट्रपति डा रामवरण यादव र अमर प्रहरी पत्नी बिन्दा अधिकारीले संयुक्तरुपमा विमोचन गरेका हुन् ।

पुस्तकका बारेमा बोल्दै राजनीतिशास्त्री हरि शर्माले पुस्तकमा लेखकको कालखण्डको इतिहास झल्केको बताए । ‘एक व्यक्तिको आत्मकथाबाट अर्को व्यक्ति मञ्जुर हुनुपर्छ भन्ने छैन,  हरेक व्यक्तिको आ–आफ्नै कथा हुन्छन् ।’, शर्माले भने । लेखकले प्रहरी निरीक्षकमा खेलाडीका रुपमा प्रवेश गरेर सर्वोच्च पद आइजिपीसम्म पुग्दा गरेका सङ्घर्षलाई पुस्तकमा समावेस गरेको समेत शर्माले जानकारी दिए ।

पूर्वमहानिरीक्षक खरेलले जागिरको दौरानमा भएका अविस्मरणीय क्षणलाई पुस्तकको रुप दिएको उल्लेख गरे । ‘पञ्चायतकालमा जागिर खाँदा होस् या बहुदल आएपछि जागिर खाँदा होस्, यी सबै घटनालाई पुस्तकमा समावेस गरेको छु ।’, उनले भने ।