कुमार आचार्यको ‘मेरो मुटु’ (भिडियो)

कुमार आचार्यको निर्देशन तथा द भ्वाइस अफ नेपाल पहिलो सिजनका विजेता सिडी विजय अधिकारीको स्वरमा रहेको ‘मेरो मुटु’ बोलको गीत सार्बजनिक भएको छ । गीतमा राजेश थापाको संगीत रहेको छ भने शब्द पदमा मगरको रहेको छ । भिडियोलाई रामेश्वर हुमागाईंले छायांकन गरेका हुन् । विजय तिखातारिले सम्पादन गरेको भिडियोमा हरिश खनालले सहायक निर्देशकको रुपमा काम गरेका छन् । भिडियोमा अनुस्का खड्का र पुस्कर केसी फिचर्ड छन् ।