नायिका ऋचा शर्मा अस्पताल भर्ना, डाक्टर भन्छन् हर्ट अट्याक होइन

नायिका रिचा शर्मा अस्पातल भर्न्मा भएकी छिन् । एक्कासी छाती दुखेपछी उनी नर्भिक अस्पताल पुगेकी भएकी थिइन् । इमरजेन्सीमा पुगेकी उनलाई आईसियूमा राखेर उपचार गरिएको थियो ।

इसिजी गर्दा सामान्य नदेखिएपछि  हर्ट अट्याक हुन लागेको आशंकामा उनलाई आईसियूमा राखिएको र मुटुको रगतको अवस्था जाँच (एन्जियोप्लास्ट) गर्दा  सामान्य पाइएकोले अहिले उनलाई प्राइभेट वार्डमा सारिएको अस्पताल श्रोतले बताएको छ । नर्भिक अस्पतालका मुटुरोग विशेषज्ञ डा. जेपी जैसवालको चिकित्सक टोलीले अहिले उनको उपचार गरिरहेको छ र स्वास्थ्यमा क्रमशः सुधार देखिएको अस्पताल श्रोतले जानकारी दिएको छ ।