एलिजा र दुर्गेश अभिनित ‘आधी कपाल’ सार्वजनिक

एलिजा गौतम फिचर्ड पहिलो म्युजिक भिडियो ‘आधी कपाल’ सार्वजनिक भएको छ । शिव विकको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा दुर्गेश थापा समेत रहेका छन् । खेम सेन्चुरीको संगीत रहेको गीतमा नेत्र अर्यालको शब्द छ । गीतमा अमृत सोपकोटा र समिक्षा अधिकारीको स्वर रहेको छ । भिडियोमा एलिजा र दुर्गेशसँगै बाल गायिका आयुषा गौतम, गायक सापकोटा र एरिकालाई पनि देख्न सकिन्छ । ज्ञानेन्द्र शर्माको छायाँकन रहेको गीतमा विकास ज्ञावलीको सम्पादन छ ।