फरहान अख्तरसंग काम गर्दै अदिती

फिल्म ‘कृ’ बाट डेब्यु गरेकी नायिका अदिती बुढाथोकीले बलिउड निर्माता तथा निर्देशक फरहान अख्तरसंग काम गर्ने भएकी छन् ।

अख्तरले निर्माण गर्ने वेव सिरिज ‘इनसाइड एज’को दोस्रो श्रृङखलामा अदिती अनुबन्धित भएकी हुन् । ‘कृ’ पश्चात अदितीले नयाँ नेपाली फिल्ममा काम गरेकी छैनन् । तर उनले यसअघि केही हिंन्दी गीतको भिडियोमा अभिनय गरिसकेकी छन् ।