अहिले टाउको बिक्दैन…

खलनायक २ बनाउने तयारी गरिदैछ । निर्माता रोज राणाले खलनायक फिल्मलाई दर्शकमाझ ल्याउने तयारी गर्दैछन् ।

खलनायक २ लाई बनेपछि कुरा गर्दा भयो । खलनायकलाई सम्झन पर्छ । फिल्ममा अभिनेता विराज भट्ट मुख्य रोलमा थिए । निखिल उप्रेती पनि फिल्ममा थिए ।

निर्माता रोज राणाले बनाएको पोष्टरमा अभिनेता राजेश हमालको फोटो ठूलो थियो । ठूलो फोटो भएकाले राजेशको फोटो हेरर दर्शक हलमा गएका थिए । तर, हमाल फिल्मको अन्तिममा मात्र आए । हमालको फोटोले दर्शक झुक्क्यायो । फिल्म चल्यो ।

अभिनेता राजेश हमालको कुरा मात्र होइन । निखिल उप्रेती, भूवन केसी, विराज भट्ट, रेखा थापाहरुको टाउको पनि पोष्टरमा धेरै हलमा कम आयो ।

हमालले टाउको देखाएरै मात्र धेरै फिल्म खेलिदिएका छन् । अभिनेता भूवन केसीले पनि कुनै कुनै फिल्ममा टाउको देखाइदिएका छन् ।

टाउको भन्नाले कलाकारको अनुहार विक्थ्यो भन्न खोजिएको हो । नेपाली फिल्ममा गनिएका कलाकारको पोष्टरमा मात्र टाउको राखेर पनि फिल्म बनाउनले बनाए । पैसा कमाउनेले कमाए ।

टाउको भन्ने शब्द नेपाली फिल्मको शब्दाबलीमा सुपरहिट भयो । हिरो हिरोइनको टाउको राखेर थुप्रै निर्माताले त अरु नै बेचे । टाउको राखेर दर्शक हलमा पुग्दा ती कलाकारलाई पाए तर थोरै ।

तर, अहिले कलाकारको टाउको नेपाली फिल्मको पोष्टरमा चल्दैन । अहिलेको पोष्टर हेर्दा त्यो बेलाको टाउको भन्ने शब्द लागू भएको छैन ।

नेपालमा अहिले कुनै कुनै कलाकार मात्र हुन्, पोष्टरमा राख्दा हलसम्म दर्शक जाने । नत्र, भने पोष्टरमा कलाकार देखेर दर्शक जाँदैँनन् । दर्शकले त धेरै कलाकारलाई चिन्दा पनि नचिनेका छन् ।

अहिले कलाकारलाई पहिलेको जस्तो टाउको मात्र देखाएर खेलाउने अनी पोष्टरमा ठूलो टाउको राख्ने चलन पनि छैन । किनभने, अहिलेका दर्शक बाठा छन् । कलाकारको टाउको देखेर हलमा जान्नन् । कलाकार पनि सानो रोलका लागि खेल्दैनन् । टाउको देखाउने त कुरा भएन ।

सानो रोलमा खेल्नेले पोष्टरमा आफूलाई नराख्न पनि भन्छन् । तर, जती कुरा बताएपनि अहिले टाउको चल्दैन । टाउको नै हेर्दा पोष्टरमा जाउ जाउ लाग्ने छैन ।

दर्शकले फिल्मको बारेमा वुझ्ने प्लेटफर्म धेरै पाएका छन् । कलाकार पनि सानो सानो टाउको देखाएर चल्नपर्छ भन्ने ठान्दैनन् । कलाकारले एक दृश्य, एउटा गीतमा खेलेका छन् । तर, फिल्म बनाउनेहरु ती कलाकार खेल्दैमा दाल गल्नेवाला छैन भनेर वुझ्छन् पनि ।

अहिले पहिलेको जस्तो टाउको विक्दैन । यसैले पोष्टरमा टाउको राख्ने चलन पनि छैन ।