धेरै फिल्ममा एउटै जीन्स लगाउथे अजय देवगन

फिल्म दे दे प्यार दे टिम कपिल शर्मा शोमा सहभागी भएका थिए । शो कै क्रममा देवगनले आफ्नो करियरको सुरुवाती दिनहरुलाई सम्झीए ।  ९०को दशकमा एकै बर्षमा कसरी धेरै फिल्म गर्थे उनले बताए ।

कपिलले ‘तपाइँ र अक्षय कुमार धरै फिल्म गर्नु हुन्छ तर खान भने एक बर्षमा एक मात्र फिल्म गर्छन त?’ भन्ने प्रस्नको उत्तरमा देवगनले भने ‘अक्षय र म ९०को दशकमा एक बर्षमा १० वटा सम्म फिल्म गर्थ्यौ । पंजावी भएको कारण हामि देशी खाना खार्थ्यौ ।   जसको कारण स्टामिना ज्यादा हुने गर्थ्यो ।  यति मात्र नभएर हामी एउटा जिन्स लगाएर भिन्ना भिन्नै फिल्मको छायांकनमा पुग्ने गर्थ्यौ ।  सर्ट भने परिवर्तन हुन्थ्यो । ‘

जेष्ठ ३ गते प्रदर्शनमा आउने फिल्ममा अजयको आफु भन्दा आधा उमेर कि कम महिलासंगको प्यार र सम्बन्ध बिच्छेद भएकी श्रीमतीसंगको प्याचअपलाइ देखाइएको छ ।