अजयदेवगन अभिनित फिल्म ‘मैदान’को रिलिज अर्को साल

अभिनेता अजय देवगन अभिनित फिल्म ‘मैदान’ को प्रदर्शन मिति घोषणा गरिएको छ । अजय देवगनले इन्स्टामा आफ्नो फिल्मको प्रदर्शन मिति घोषणा गरको हुन् । उनले अर्काे वर्षको १३ अगस्टमा फिल्म प्रदर्शन गरिने बताएका छन् । अजय देवगनले आज आफ्नो इन्स्टाग्राममा लेखेका छन्, ‘२०२१ स्वतन्त्रता दिवसको हप्तामा ।

अहिलेसम्म नसुनेको कहानी, जुन सबै भारतीयलाई गर्व महशुस हुनेछ । १३ अगस्ट मार्क गर्नुहोस् ।’ फिल्मलाई बलिउडमा लोकप्रिय निर्देशक अमित शर्मा निर्देशन गरेका छन् । फिल्म ‘मैदान’ लाई अजयको महत्वकांक्षी फिल्मका रूपमा मानिएको छ । कोरोनाको त्रास नभएको भए फिल्म यस वर्षको नोभेम्बरमा रिलिज हुने थियो । तर, कोरोना भाइरसका कारण हल बन्द भएपछि फिल्मको रिलिज रोकिएको थियो । फिल्मको कथा वस्तु सैय्यद अब्दुल रहीमको जीवनमा आधारित फिल्म रहेको बताइएको छ । फिल्ममा अजय देवगन भारतीय फुटबल कोच सैय्यद अब्दुल रहीमको भूमिकामा रहेको निर्माण पक्षले जानकारी दिइसकेको छ ।