छायांकनको क्रममा अक्षय कुमार घाइते

भारतीय अभिनेता अक्षय कुमार घाइते भएका छन् फिल्म ‘सुर्यवशीं’ को सुटिङको क्रममा उनी घाइते भएका हुन् । भारतीय संचारमाध्यमका अनुसार उनको हातमा गम्भीर चोट लागेको छ ।

यहि फिल्मबाट रोहिट सेट्टीसँग उनी पहिलो पटक सहकार्य गर्दैछन् । यस फिल्मका प्राय दृश्यहरु बैँकक, मुम्बइ र हैदराबादमा छायांकन गरिदै छ । यस फिल्ममा क्याटरिना कैफ, रनविर सिंह र अजय देवगनलाई समेत देख्न सकिन्छ ।