सौन्दर्यबिद सोनीद्वारा एलिनाज उद्घाटन

सौन्दर्यकर्मी एलिना श्रेष्ठद्वारा संचालनमा ल्याइएको तार्केश्वर नगरपालिका जरंखु स्थित एलिनाज ब्युटीपार्लरको उद्घाटन बरिष्ट सौन्दर्यबिद तथा समाजसेवी सोनी काररंजितद्वारा सम्पन्न भएको छ । उक्त अबसरमा अन्य सौन्दर्यकर्मीहरु, संचारकर्मी तथा स्थानिय व्यक्तित्वहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।

युवा ब्यबसायी सौन्दर्यकर्मी एलिना श्रेष्ठ द्वारा सञ्चालित एलिनाज ब्युटीपार्लर उक्त क्षेत्रको अत्याधुनिक प्रबिधि मार्फत सौन्दर्य सम्बन्धि सम्पूर्ण सुबिधा सम्पन्न ब्युटी पार्लर हो । बिगत चार बर्ष देखि सौन्दर्य पेशामा रहेर सौन्दर्य क्षेत्रमा बटुलेको आफ्नो अनुभबलाइ आफ्नै ठाउँमा केहि गरौ भन्ने उदेश्यका साथ संचालन गरिएको एलिनाज ब्युटीपार्लरमा अनुभबी सौन्दर्यकर्मी मार्फत ग्राहकहरुलाइ सेवा सुबिधा प्रदान गरिन्छ भने महिलाहरुलाइ चाहिने सौन्दर्य सामग्री समेत बिक्रि वितरण हुने कुरा सौन्दर्यकर्मी एलिना श्रेष्ठले बताइन ।