नेपालभर सांगीतिक यात्रा गर्दै नेपथ्य

नेपथ्यले नेपाल भर सांगीतिक यात्रा गर्ने भएको छ ।नेपालको पूर्वदेखि पश्चिमसम्म समेट्ने गरी तरार्इका चारवटा सहरमा कार्यक्रम हुनेछ । मंसिरको पहिलो साता झापाको बिर्तामोडबाट सुरु हुने यो यात्रा धरान, बुटवल हुँदै कैलालीको धनगढीमा टुंगिने छ ।

स्थापनाको २५ औं वर्षको अवसरमा यस किसिमको कार्यक्रम नेपथ्यले गर्न लागेको हो । मंसिर ४ गते झापाको बिर्तामोड, मंसिर ७ गते धरान, १० गते बुटवल हुँदै १३ गते धनगढी पुगेर सम्पन्न हुनेछ ।

कन्सर्टमा दर्शकहरुका लागि नेपथ्यले नयाँ पुराना सबै लोकप्रिय गीतहरु मध्येबाट प्रस्तुतिका लागि चयन गरेको छ । त्यस बाहेक दसौं एल्बम सार्वजनिक गर्ने तयारीको सँघारमै रहेको ब्याण्डले ताजा गीतहरु पनि आफ्ना श्रोता दर्शकलाई सुनाउनेछ ।