पुनः अर्को गीत विवादमा : कबड्डीको गीत कैले फोटो सिरानीमासंग मिल्यो

नेपाली गीत संगीतमा चोरीको खबर बड्दो छ । यस्तो लाग्न थालेको छ विसुद्ध नया गीत बन्नु असम्भव नै छ । हिजो सार्वजनिक भएको फिल्म कबड्डी कबड्डी कबड्डीको गीत ‘दुबो फुल्यो’, आलोक श्रीको संगीत रहेको एक गीतसंग मिलेको छ ।काली प्रसाद बास्कोटा र शर्मिला वर्देवाको आवाज रहेको ‘बाटो’ एल्बममा समावेस भएको गीत कैले फोटो सिरानीमासंग मिल्न गएको हो । कबड्डीको गीतमा हेमन्त राना र हृतिका श्रेष्ठको आवाज, एस डी योगीको संगीत रहेको छ ।

‘कैले फोटो सिरानीमा’ का संगीतकार आलोक श्रीले गीत मिलेको बताएका छन् । उनले संगीतकार योगीसंग कुराकानी गर्दा उनले गीत मिलेको स्वीकारेको बताए । र आगामी प्रक्रियाका लागि फिल्मको टिमसंग नै बसेर कुराकानी गर्ने मेरो फिल्मलाई जानकारी दिए ।

‘दुबो फुल्यो’ का संगीतकार योगीको भनाइ भने केहि फरक छ । उनले आलोकश्रीले गीतमा नाम राख्न पर्ने र क्षतिपूर्ति बापत केहि रकम दिनु पर्ने भनेर बार्गेनिंग गरेको बताएका छन्। साथै केही नोट मिले पनि थाहा पाएर कपि नगरेको साथै श्रीले भने जस्तै पुरै गीत कपि नभएको मेरो फिल्मलाई बताएका छन् ।
हेरौं दुवै गीत:
कैले फोटो सिरानीमा

दुवो फुल्यो