करिअर ओरालिदा नीता र आमेषको प्रेम बर्बाद

नीता ढुंगाना अभिनेत्री र अभिनेता आमेष भण्डारीलाई फिल्म फ्लप हुँदा असर पर्यो । फूलै फूलको मौसम तिमीलाई असफल हुँदा नीता आमेष फरक बाटोमा लागेका थिए ।

फिल्म नचल्दा ब्रेकअप भयो । ब्रेकअपपछि पनि दुबै चलेका छैनन् । आमेष त चलेका नै छैनन् । नीतासँग हुँदा उनको बरु लभ कै खबर आउथ्यो । अहिले त्यो पनि आउन छाडेको छ । नीताले पनि सफलता जुन हिसाबले पाउनुपर्ने हो त्यो पाएकी छैनन् ।

नीता र आमेषको म्यूजिक भिडियो भने आउँदैछ । जसमा नीता र आमेषले बेइमानी गीतमा नाचेका छन् ।

करिअर नै धरमराएपछि नीता र आमेष अलग हुने निर्णयमा लागेको स्विकार गर्छन् । तर, करिअरमा आमेषलाई नीताको प्रेम हुँदा पनि उस्तै, नहुँदा पनि उस्तै छ । नीता भने आफ्नो बाटोमा छिन् । उनले समातेको बाटो अहिलेसम्म बलियो भएको छैन ।

नीता र आमेष मिल्ने साथी भएका छन् । उनीहरु भिडियो खेल्न तयार हुँदा मिल्ने साथी हुन् ।

नीता र आमेषले भिडियो चर्चा पाउन खेलेका हुन् कि राम्रो भएर ? भिडियोको प्रमोसनमा दिएको समय हेर्दा चर्चा नै खोजेको पाइन्छ ।