ट्वीटरमा सानो गल्ति, अमिताभ भए ट्रोलको शिकार

अमिताभ बच्चन ट्वीटरमा सक्रिय छन् । उनि लगभग हरदिन केहि न केहि पोष्ट गरिरहेका हुन्छन । हालै उनले एक तस्विर पोष्ट गरेका थिए जसमा पत्नी जया बच्चन, दक्षिण भारतीय अभिनेटाहरु नागार्जुन, शिवराज कुमार र प्रभु थिए । तस्विरको क्याप्सनमा ‘प्रभु’ को सट्टा ‘प्रभुदेवा’ लेखेपछि उनि ट्रोलको शिकार हुन पुगेका हुन् । केहिले उनलाई ट्वीट सुधार गर्न सुझाबहरु दिईरहेका छन् भने केहिले उनको दक्षिण भारतीय फिल्मको ज्ञान माथि प्रश्न खडा गरेका छन् ।