‘हिरो पछि भिलेन’ अनुप विक्रम शाही

‘म्यान हन्ट इन्टरनेसनल नेपाल २०१३’ मा बिजेता भए पश्चात अनुप बिक्रम शाहीले ग्ल्यामर फिल्डमा प्रवेश गरे । कलाकार सौगात मल्लको समेत अभिनय रहेको फिल्म ‘सौर्य’ मार्फत उनले फिल्ममा डेब्यु गरे । छोटो समयमा नै धेरै संख्यामा फिल्ममा काम गरेका उनी हिरो बन्न फिल्म जगत प्रवेश गरेको भए पनि हेन्डसम भिलेनको रुपमा चर्चित भएका छन् ।

हाल सम्म आफुले गरेको काम एकदम राम्रो देखि एकदम नराम्रो सम्म रहेको उनी बताउछन् । ठुलो रकम लगानी गर्नुपर्ने भएको कारण निर्माताले ‘अनुप नै किन र’ भन्ने गरेको कारण उनले सोचेजस्तो फिल्म कम मात्र पाएका छन् । ‘सफल’ भनिने ट्याग पाउन अझै पनि संघर्षरत रहेको बताउने उनी अभिनित फिल्मलाइ हेर्दा भर्षटाइल रहेको कुरा नकार्न सकिन्न । एकै प्रकारको रोल दोहोर्याएर गर्न मन पर्दैन उनलाई ।

आफैले गरेका फिल्म मध्ये पनि कमलेको बिहे र कृको क्यारेक्टर बेस्ट रहेको उनी बताउछन् । प्रदर्शनको क्रममा रहेको जाइरा फिल्ममा आफुले कडा मेहेनत गरेको र सकारात्मक प्रतिफलको अपेक्षा राखेको उनले बताए ।

उनी सुगठित शरीर, किलर स्माइल, गालामा पर्ने खाल्डो र कमाण्डीङ भोइसका कारण युवती माझ लोकप्रिय छन् । साथै उनी जस्तै आकर्षक बन्ने रहर युवामा समेत रहेको देख्न सकिन्छ ।

मिलन चाम्सको डेब्यु निर्देशन रहेको फिल्म ‘हसिया’ मार्फत उनले एन्टागोनिस्टको भूमिका पहिलो पटक गरेका थिए । सोही कदम पश्चात उनी फिल्ममा हिरो भन्दा पनि भिलेन बन्न तर्फ तानिए । उनको पछिल्लो फिल्म ‘जाइरा’ प्रदर्शनको क्रममा छ । उनलाई सफलताको शुभकामना ।