अनुको बिहे गर्ने रहर !

नायिका अनु शाहलाई पनि बिहेको भुत सवार भएको छ ।  उनीसंगैका हिरोहिरोइनहरुको बिहे गर्ने लहर नै चलेको छ । त्यहि भएर पनि होला अहिले अनुलाई बिहे गर्न मन लागेको ।

सबिन श्रेष्ठ र अनुको मायाको लुकिछिपी खेल चल्न थालेको लामो समय भैसकेको छ । पत्रकारका अगाडी होइन होइन भन्दै पछिलो समय सामाजिक संजालमा प्रेम छताछुल्ल पारिरहेका हुन्छन् यी दुई । तुलनात्मक रुपमा सविन भन्दा अनुको सामाजिक संजालमा चाहलपहल बढी देखिन्छ ।

अहिले उनले आफ्नो हातमा सबिनको नामको मेहेन्दी लगाएकी छन् । उनको हातमा सबिन लभ अनु लेखिएको छ । यो हेर्दा लाग्छकी अनुलाई निकै नै हतार भएको छ सबिनको घरमा दुलही बनेर भित्रिन ?