‘अनुहारको भीड’ सार्वजनिक

शनिबार सर्वनाम थिएटरमा एक कार्यक्रम आयोजना गरी कविता संग्रह ‘अनुहारको भीड’ सार्वजनिक भएको छ । समीक्षक बन्दना ढकाल, गुरुङ सुशान्त र लेखक राजन मुकारुङले संग्रह संयुक्त रूपमा सार्वजनिक गरेका हुन् ।

व्यक्तिगत रूपमा कुनै कविताकृति प्रकाशनमा नल्याएका १७ जना कविका कविता समेटेर कवितासंग्रहको सम्पादन नवीन प्यासीले गरेका हुन् । संग्रहमा कवि अनमोल कँडेल, अर्पण उत्कर्ष, विवस बाबु, विनय सरगम, विष्णु सन्यास, जनक कार्की, जयन्ती मगर सरगम, मनोज मुश्किल, मनोज विश्वकर्मा, नवीन प्यासी, निर्भीकजंग रायमाझी, रसिक राज, समर्पण श्री, सम्पदा रिजाल, शरद ऋतु, शिखर भट्ट र सुरज रानाका कविता समावेश छन् । संग्रहमा आवरण चित्र र कला कवि एवं चित्रकार रसिक राजको रहेको छ ।