‘आप्पा’ फस्टलुक पोष्टर

राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले फिल्म ‘आप्पा’को फस्टलुक सार्वजनिक गरेको छ । पोस्टरमा दयाहाङ राइको साथमा दुई नयाँ कलाकार सिद्धान्त राज तामाङ, अल्लोना काबो लेप्चालाई देखाइएको छ ।

अनमोल गुरुङको निर्देशन रहेको फिल्म आप्पामा अरुणा कार्की र तुलसी घिमिरेको समेत अभिनय रहेको छ । रुदेन सादा लेप्चाको लगानी रहेको फिल्ममा तुलसी घिमिरे, अरुणा कार्की पनि मुख्य भूमिकामा छन् । फिल्ममा अनमोल गुरुङको कथा, अनमोल र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डी कार्कीको छायांकन, अनमोल र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन छ । फिल्म अर्को बर्षको जेठ २४ बाट प्रदर्शनमा आउने छ ।