‘अरुन्धती’ रिमेकमा दीपिका पादुकोण

फिल्म ‘छपाक’ को छायांकन सकिए संगै भारतीय अभिनेत्री दीपिका पादुकोण फिल्म ‘अरुन्धती’ को हिन्दी रिमेकमा अनुबन्धित भएकी छन्  । उनको हालैमा नयाँ फिल्म ‘महाभारत’ को पनि घोषणा गरिएको थियो । पहिलो पटक उनले हरर फिल्ममा काम गर्न लागेकी हुन् । यो अनुष्का शेट्टीको तेलुगू भाषामा बनेको फिल्म ‘अरुन्धती’ को हिन्दी रिमेक हुनेछ ।

फिल्मको हिन्दी रिमेकको राइट्स खरिद गरिसकिएको छ । फिल्ममा दीपिका पादुकोणले लिड रोल निभाउनेछिन् । यो फिल्मको बंगाली रिमेक पनि बनिसकेको छ । दीपिकाले हालैमा आफूले चाँडै कुनै डार्क रोमान्टिक फिल्म गर्न लागेको बताएकी थिइन् । उनी चाँडै श्रीमान् तथा अभिनेता रणवीर सिंहको श्रीमतीको रुपमा फिल्म ‘८३’ मा देखिँदैछिन् ।