‘अर्जुन रेड्डी’ को नेपाली रिमेक : चर्चाको लागि आर्यनको नाम !

केहि दिन अघि युवा फिल्म्सले तेलुगु फिल्म ‘अर्जुन रेड्डी’ को नेपाली रिमेक गर्ने घोषणा गरेको थियो । त्यसपछि फिल्ममा मुख्य अभिनेताको रुपमा आर्यन सिग्देलले काम गर्ने भन्ने हल्ला फिजियो र समाचारहरु पनि प्रकाशित भए । तर आर्यनले भने यो कुरा हल्ला मात्र भएको बताएका छन् । मेरोफिल्म सँगको कुराकानीमा उनले फिल्म निर्माण टिमको कसैसँग पनि आफ्नो कुरा नभएको बताए । आर्यनको स्पष्टोक्ति पछि फिल्मको चर्चाको लागि मात्र यस्तो हल्ला फिजाइएको हो कि भन्ने आशंका गर्न सकिन्छ ।

युवा फिल्म्सले यस अघि फिल्म ‘सफर’ निर्माण गरेको थियो । तेलुगु भाषाको सफल फिल्मको हिन्दि रिमेक ‘कबिर सिंह’ पनि सफल फिल्मको श्रेणीमा पर्दछ ।