आर्यनले मिस गरेको ‘दुलो काउन्टर’

अभिनेता आर्यन सिग्देलको फिल्म हेर्न अहिले दर्शकले छाडेका छन् । अभिनेता सिग्देल अभिनित फिल्म नचल्नुको कारण पनि यही नै हो । अभिनेता सिग्देलले किस्मत फिल्मबाट नेपाली फिल्ममा डेब्यू गरेपछि उनको यूग सुरु भएको थियो ।
त्यो समयमा मल्टिप्लेक्स थोरै थिए । दर्शकले डिजिटल टिकट काट्दैनथे । हलको टिकट काउन्टरमा हुने सानो दुलोमा हात छिराएर टिकट काट्नुपर्थ्यो । यो बेलामा आर्यनको यूग थियो ।

डिजिटल टिकट खरिदसम्म आइपुग्दा आर्यनले स्टारडम गुमाए । दयाहाङ राई, सौगात मल्ल, अनमोल केसी, प्रदिप खड्काहरुलाई डिजिटल टिकेटले रुचाएको छ ।

यही भएर होला अभिनेता आर्यन सिग्देलले दुलो काउन्टरलाई मिस गरेका छन् । सिक्किम पुगेका आर्यनले त्यो समयको परिवेश र त्यो समयको फिल्मलाई मिस गरेको लेखेका छन् । पैसा काउन्टरको दुलोमा छिराउँदै उनले दुलो काउन्टर मिस गरेको उल्लेख गरेका छन् ।

सायद, आर्यनका लागि त्यसरी टिकट काट्न रमाइलो पनि लाग्थ्यो होला वा त्यसरी टिकट काट्ने दर्शक उनलाई बढी रुचाउँथे ।