पाँच तस्विरमा गायिका अस्मिता डिसी

धादिङ जिलाको रोराङ १०मा जन्मिएकी अस्मिता डिसी पछिल्लो समयको लोक गायनको क्षेत्रमा चर्चित नाम हो । अरेली गीतले दर्शकमाझ अझ मज्जाले छाएकी उनी स्टेज कार्यक्रममा व्यस्त रहने गर्छिन । २२बर्षिया अस्मिताको रुची दोहोरीमा सानैबाट रहेको थियो । तिहारको देउसी भैलो, गाउँघरमा हुने पूजाआजा नै उनका आफ्नो रहर पुरा गर्ने माध्यम थिए । परिवारको खासै साथ नभए पनि उनले आफ्नो रहर त्यागिनन् । शक्ति कुमार गोदारसंगको सहकार्यमा उनले एक एल्बम समेत निकालेकी छन् । बिमा कुमारी दुरा तथा मुना मगरको गीत मन पराउने उनी निरन्तर गीत संगीतको क्षेत्रमै रमाउने बताउछिन्।