सलमानले सार्वजनिक गरे ‘ब्याड ब्वाई’ पोस्टर

लकडाउनको बीच सनिवार सलमान खानले फिल्म निर्देशक राजकुमार सन्तोषीको नया फिल्म ‘ब्याड ब्वाई’ को पोस्टर सार्वजनिक गरेका छन् । उनले सामाजिक संजाल ट्वीटरमार्फत पोस्टर सार्वजनिक गरेका हुन् । यस फिल्म मार्फत मिथुन चक्रवर्तीका छोरा निमाशी चक्रवर्तीले बलिउड डेब्यु गर्दै छन् । उनको अपोजिटमा निर्माता साजिद कुरैशीकी छोरी आमारिन रहने छिन् ।

पोस्टर सार्र्वाजनिक गर्दै उनले नमाशीलाई धेरै शुभकामना दिएका छन् । पोस्टर राम्रो रहेको समेत उनले बताएका छन् । फिल्म प्रदर्शन मिति भने तय गरिएको छैन ।