जिम्मेवारी लिन नसक्ने ‘बादशाह जुट’ निर्देशक

एक कार्यक्रमका बीच फिल्म ‘बादशाह जुट’ को ट्रेलर सार्वजनिक गरियो । ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक जोन सिंह राना ढिलो गरि पुगे । ढिलो गरि पुगेका उनले माफी त मागे । तर माफीले खेर गएको समय पक्कै फिर्ता आएन ।

फिल्मका मुख्य कलाकार शुशील श्रेष्ठको २ फिल्म बादशाह जुट र लभ डायरिज एक साथ प्रदर्शन हुदैछ।

हिरोको दुइ फिल्म एउटी मितिमा प्रदर्शन हुदा फिल्मलाई असर पर्ने पक्का छ । तर निर्देशक भने जेठबाटै फिल्म लगाउन चाहेर पनि लगाउन नसकेको भन्छन् ।

निर्देशकलाई फिल्मको चालक भनिन्छ । तर उनी भने कार्तिक १को फिल्म १५गते पुग्नुमा पनि उनको हात नभएको र वितरकले पछी सारेको भन्छन् । हिरोको २फिल्म एक साथ प्रदर्शन हुनु पनि उनको कारण हैन रे !

एक जिम्मेवार व्यक्ति भएको हैसियतले उनले फिल्मलाई फाइदा हुने किसिमले निर्णय गर्नु पर्नेमा उनी ‘मलाई थाह  छैन’ किसिमको अपरिपक्व जवाफ दिदै हिडेका छन् ।

अब यस्तो सानो सानो कुरा त मिलाउन नसक्ने निर्देशकले फिल्म कस्तो निर्देशन गरेका होलान् त ? प्रश्न चिन्न खडा भएको छ।