बिनोद र सुशिलाको ‘बढ्यो मनमा प्यार’ (भिडियो)

गीतकार अम्बिका गुरुङको गीत ‘बढ्यो मनमा प्यार’ सार्वजनिक भएको छ । जहाँ दीपक शर्माको संगीत तथा रमेश श्रेष्ठको स्वर सुन्न सकिन्छ । गीतलाई एरेन्ज भने नरेन्द्र वियोगीले गरेका छन् । रोमान्टिक शैलीको गीतमा मोडल बिनोद न्यौपाने र शुसिला थापा फिचर्ड छन् । गीतको म्युजिक भिडीयोलाई निसान घिमिरेले निर्देशन गरेका छन् । काठमाडौँ आसपासमै खिचिएको गीतमा उत्तम हुमागाईको छायाँकन,बिकास दाहालको सम्पादन,दिपु पौडेलको मेकअप समाबेस रहेको छ ।