लकडाउनपछि पुन: प्रदर्शन हुनेछ ‘अंग्रेजी मिडियम’ र ‘बागी ३’

बलिउडमा कोरोनाका कारण थुप्रै फिल्महरु प्रभावित भएका छन् । संक्रमण देखिन शुरु हुँदा ताका रिलिज भएका ‘अंग्रेजी मिडियम’ र ‘बागी ३’ को व्यापारमा पनि यसले नराम्रो प्रभाब पर्यो । अब स्थिति सामान्य हुनासाथ दुवै फिल्म पुन: रिलिज गर्न्रे बारे निर्माताहरु छलफल गरिरहेका छन् ।

मार्च ३ मा रिलिज भएको ‘बागी ३’ ले पहिलो हप्ता राम्रो व्यापार गरेको थियो भने दोस्रो हप्ताको व्यापारमा कोरोनाको प्रभाब देखिएको थियो । ‘अंग्रेजी मिडियम’ मार्च १३ मा रिलिज भयो जतिबेला भारतमा संक्रमितहरुको संख्या अझ बढिसकेको थियो र हलमा दर्शकहरुको चहल पहल घटिसकेको थियो । यो फिल्म ‘बागी ३’ भन्दा पनि बढी प्रभावित हुन पुग्यो ।

‘अंग्रेजी मिडियम’ का निर्माता दिनेश भिजानले फिल्म पुन: रिलिज हुने घोषणा गरिसकेका छन् । ‘बागी ३’ को भने टुंगो लागिसकेको छैन । बलिउड हंगामा को अनुसार ‘बागी ३’ का निर्देशक अहमद खानले आफुहरुले कोरोना भाइरसको खतरा हुदा हुँदै पनि फिल्म रिलिज गरेर गल्ति गरेको बताएका छन्, उनले पुन: रिलिज गर्ने/नगर्ने निर्णय गर्ने जिम्मा निर्माता साजीद नाडियाडवाला र फक्स स्टारलाई सुम्पेका छन् । एक भिन्न स्रोतका अनुसार अहमद खान र साजीद नाडियाडवाला पुन: रिलिजको पक्षमा छन् भने फेरी प्रचार प्रसारमा धेरै रकम खर्च हुने कारणले गर्दा फक्स स्टार चाहिं हिच्किचाई रहेको छ ।