वेब सिरिज ‘बाजी’को गीत सार्वजनिक

फिल्म ‘जोनी जेन्टलमेन’, सयौँ म्यूजिक भिडियोहरु तथा ‘हाम्रो हाईस्कूल’ र ‘रङ्ग टाईम’ जस्ता सुपरहिट वेब सिरिज निर्देशन गरेका नितिन चन्दले नयाँ वेब सिरिज ‘बाजी’ तयार पारेका छन् । हालै मात्र यो सिरिजको गीत र पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक गीतमा स्वचित शाक्यको शब्द, संगीत तथा स्वर रहेको छ ।

‘बाजी’ रोमान्टिक थ्रिलर जनरामा बनेको सम्भवत पहिलो नेपाली बेव सिरिज रहेको बताईएको छ । दुई साथीबीच भएको सामान्य चुनौतीले कसरी जीन्दगी नै बाजीमा पर्छ भन्ने मूख्य बिषय उठान भएको ‘बाजी’ प्रेम, द्वन्द्व तथा बदलाको कथामा बनेको निर्देशक चन्दले बताए । ‘बाजी’मा वियोन्ड र निर्जला खनालको प्रमूख अभिनय रहेको छ । यो सिरिज जेठ २ गते देखी प्रत्येक बिहिवार योर स्टाईलको यूट्युब च्यानल मार्फत प्रसारण हुने बताईएको छ । योर स्टाइल र सिनेमाघर एपको सहकार्यमा बनेको यो सिरिज आठ श्रृंखला सम्म प्रसारण हुनेछ ।