बर्षाको मुखमा बर्षा राउत

अभिनेत्री बर्षा राउत अभिनेत्री बर्षा सिवाकोटीले काम गरेको विर विक्रम २ हेर्न गएकी छिन् । कुमारी हलमा बर्षा राउतले विर विक्रम २ हेरिन् ।

बर्षा राउत र बर्षा सिवाकोटीको मित्रता कस्तो हो ? मित्रता भन्ने हो भने बर्षा सिवाकोटीले फेसबुकमा लेख्ने स्टाटसले पत्याउन सकिन्न । किनकी, उनले बर्षा राउतलाई घुमाएर व्यङ्ग्य हानिरहेकी छिन् । बर्षा सिवाकोटीको मुखमा बर्षा राउतको नाम भने आइरहेको छ ।

जात्रै जात्रा र विर विक्रम २ एकैदिनमा चलेपछि दुई जनामा कसले जित्ला भन्ने खबर आइरहेको बेलामा बर्षा सिवाकोटीले बर्षा राउतलाई सम्बोधन गरेर स्टाटस लेखिन् ।

उनले बर्षालाई आफूहरु मिल्ने साथी भएको भनेर स्टाटस कोरेकी थिइन् । बर्षा सिवाकोटीको मुखमा बर्षा राउतको नाम आत्मिय साथीमा पनि आएको थियो ।

उनले आफ्नो मिल्ने साथीमा आँचल शर्मा र बर्षा राउत भनेकी छिन् । बर्षा राउत र बर्षा सिवाकोटी मिल्ने साथी कती हुन्, फिल्र्मीकर्मी मात्र होइन, अब दर्शक पनि जानकारी भैसकेका छन् ।

बर्षा सिवाकोटीको मुखमा बारम्बार बर्षा राउतको नाम किन आएको छ ? फिल्मको प्रचार गर्नका लागि फन्डा गरेकी हुन् कि, मित्रता उनीहरुको यती झ्याङ्गिएको छ ।