मेकअप नगर्दा विमानस्थलमा तर्किइन् बर्षा !

अभिनेत्री बर्षा राउत त्रिभुवन विमानस्थलबाट बाहिरिदै गर्दा मिडियाको क्यामेरामा फेस गर्न सक्ने अवस्थामा थिइनन् । बर्षा राउतले संचारकर्मीको कुराकानीका लागि गरिएको आग्रहलाई पनि स्विकार गरिनन् । बरु, उनले आफ्नो लगेज राखिएको ट्रली धकेल्दै हतार हतार गाडीमा बसेर घरतर्फ लागिन् ।

जापानबाट फर्कदा सबै कलाकारले क्यामेरा फेस गर्दा बर्षालाई भने यति साह्रो किन परेको होला भन्ने प्रश्न पनि विमानस्थलमा उब्जियो ।

बर्षा राउत लामो समयको यात्राका कारण थकित थिइन् । उनले अनुहारमा मेकअप पनि गरेकी थिइनन् । जापान जाँदा विमानस्थलमा पत्रकार पुगेपनि फर्कदा पत्रकार आउँदैनन् होला भन्ने उनलाई लागेको थियो होला । तर, विमानस्थलभर क्यामेरा सोझाएर पत्रकार उभिदा बर्षालाई खुलेर हास्न पनि समस्या पर्यो ।

थकित अनुहार, मेकअप नगर्दा भद्दा देखिएको आदि कारणले होला बर्षा क्यामेरा फेस गर्न तयार भइनन् । उनले जापानमा भएको सूर्य इन्टरनेशनल अवार्डमा पपुलर सह अभिनेत्रीको अवार्ड पाएकी थिइन् । त्यसै भन्दैनन् के बर्षाजी, कलाकार भएपछि सार्वजनिक स्थलमा पुग्दा जस्तो कुराको पनि फेस गर्न तयार हुनुपर्छ भनेर ।