ड्रेसले धोका दिए पनि उस्तै बर्षा

अष्ट्रेलियामा ड्रेसले धोका  दिएको अभिनेत्री बर्षा राउतको तितो अनुभव हो । जात्रै जात्रा फिल्मको कार्यक्रममा उनको ड्रेसले उनलाई धोका दियो कि, मानिसका आँखाले नै धोका खायो ?

बर्षाको ड्रेस धोका भएपनि, उनलाई फरक परेको छैन । उनी, आफ्नो सोचमा केन्द्रित छिन् । कलाकार भएपछि यस्तो समस्या भोग्छन् । बर्षा जानकार छिन् ।

उनले यो समस्या भोगेकी छिन् । समस्या समाधान गर्न पनि जानेकी छिन् । बर्षाले ड्रेसको धोका पछि सधै नै इन्स्टाग्राममा फोटो राखेकी छिन् । फोटोमा उनले आफू दृढ भएको र आफ्नो काममा नै केन्द्रित भएका लेखेकी छिन् ।

बर्षा धपक्कै बलेकी छिन् । उनी, आफू आफ्नो काममा केन्द्रित रहेको र दृढ पनि रहेको बताउँदैछिन् ।

बर्षाको यो बानीले उनलाई यस्ता समस्याबाट बाहिरिन सहयोग गरेको छ ।