वर्षाका ‘दुल्हाराजा’, संजोगकी ‘होममिनिस्टर’

सन्षा जोडी अर्थात संजोग कोइराला र वर्षा राउतले गत प्रणय दिवसको दिन बिवाह गरे । बिवाह पछी पहिलो पटक मिडियामा आएका यी दुईले बिवाह अनुभव र विवाह पछिको योजनाका बारेमा बताएका छन् ।

शुभकामनाको बिषयमा
वर्षा / संजोग :धेरै धेरै धन्यबाद जति जनाले शुभकामना फेसबुक ट्विटर इन्स्टाग्राम दिनुभयो । प्रत्येकलाई रिप्लाई गर्न सकिएको छैन त्यसैले यहिबाट धन्यवाद दिन चाहन्छौ । हामी एकदमै आभारी छौ । तपाइँहरुको माया देखेर बिस्वास नै भएको छैन कि हामीलाई यति धेरै मन पराउनुहुन्छ भन्ने । हामी आत्माबाटै धन्यबाद दिन चाहन्छौ ।
बिवाह पछिको योजना
वर्षा : अबको १० दिनमा मेरो फिल्म ‘जात्रै जात्रा’ को सुटिंग छ । बरु हजुरहरु नै बताइदिनुस् कि मेहन्दीको दाग कसरि मेटाउने ।
हनिमुन प्लान
संजोग : मेरो दुई तिन वटा नयाँ काम सुरु हुदै छ । वर्षाको पनि २ वटा फिल्मको सुटिंग बाकि छ । त्यो सकिएपछी बल्ल प्लान गर्ने ।
बिहे अगि र पछिको जिन्दगी
संजोग : रितिरिवाज, गेटअप र नेपाली संस्कृतिले एकदमै महत्वपुर्ण बनाउने रहेछ । आफुलाई केहि नलागे पनि त्यो दिन सबैजना आएर शुभकामना बधाई दिनुहुदा, दौरा सुरुवाल खुकुरी भिरेको लगायत कुराले एकदमै भिन्नै महसुस हुने । हाम्रो सम्बन्धमा त खासै फरक आएको छैन तर पनि फरक छ ।
वर्षा : मलाई चै फरक भनेको ‘बुढा’ भन्न पाए त्यहि हो ।
सेलफोनमा एक अर्काको नाम
वर्षा : मोबाइलमा सन्जोगको नाम ‘दुलाहाराजा’ राखेर सेभ गरेको छु नयाँ नयाँ बेहुला भएको भएर ।
संजोग : मेरो मोबाइलमा भने विगत २ बर्ष बाट वर्षाको नाम होम मिनिस्टर भनेर छ । किनकि म धेरै अगाडी बाट नै तयार थिए उनलाई गृहमन्त्री बनाउन ।
अन्माउदाको अनुभव
वर्षा : जति नै गहिरो सम्बन्ध भए पनि अन्माउदा रुन आउने रैछ । जति नै रुन्न भने पनि आसुँ आउने रैछ । ‘मेकअप गर्ने दाइलाइ कालो लगाइदिनु रुन्न म’ भनेको मान्छे माहोलले नै रुवाउने रहेछ । भाइहरु रोएपछी त झन् आफुलाई रोक्ने सकिन ।
सन्जोगसंगको सन्जोग
वर्षा / संजोग : ७ वर्षको लामो सम्बन्धमा धेरै हासियो रोइयो झगडा गरियो । एउटा लामो प्रेम सम्बन्ध टिक्नका लागि बिवाह सम्म पुग्नका लागि दुबैको बराबर विश्वास, साथ, मेहेनत, सहयोग आवश्यक पर्छ ।