वर्षाले कसको ध्यान तान्न खोजेकी हुन् ?

मौसम बिस्तारै चिसिदै छ तर हाम्रा सेलिब्रेटीहरुको सामाजिक संजाल हेर्ने हो भने बिकिनी र स्विमिंङ सुटका फोटोले गर्मिरहेका छन् । प्रियंका कार्की, अदिती बुढाथोकी, स्वस्तिमा खड्का, सृस्टि श्रेष्ठ पछि अब पालो वर्षा सिवाकोटीको आएको छ । पछिल्लो समय धेरै फिल्म छोडेकी अभिनेत्री सिवाकोटी हरेक दिन जसो नयाँ नयाँ फोटो सामाजिक संजालमा पोस्ट गर्छिन् । मानौ उनी कसैको ध्यान खिच्न खोज्दै छिन् ।

उनी धेरै फिल्ममा रिप्लेस भएकी छिन्, उनकै समकक्षीहरु बाट । फिल्मी बजारमा उनको चर्चा पनि बिस्तारै सेलाउदै गएको छ ।  त्यसैले पनि होला बर्षा आजभोली धेरै नै खुल्न थालेकी छन् । खुल्ला पहिरनका फोटोहरु प्रसस्तै भेटिन्छन् उनका अचेल । केहि दिन अगाडी उनले आफ्नो इन्स्टाग्राममा ‘फेयरवेल टु समर सि यु सुन अन नेक्स्ट वेभ्स’ भन्दै स्विमिंङ सुट लगाएको फोटो पोस्ट गरेकी छन् । चिसिदै गएको मौसममा बर्षा भने किन गर्मिएकी होलिन् ?