जेठ तीनमा दुई वर्षाको टक्कर

जेठ ३गते विर विक्रम २ र जात्रै जात्राले हलमा घन्टी बजाउन लागेका छन् । यी दुबै फिल्म बनाउनेले दर्शक बढी भन्दा बढी पाउने सोच राख्छन् । यी दुबै फिल्म सिरिज हुन् । सिरिज फिल्मलाई चल्नपर्ने दबाब हुन्छ ।

यसपटक २ फिल्मका अभिनेत्रीहरुलाई आफ्नो फिल्मले धेरै रकम कमाओस् भन्ने मोह हुन्छ । किन हुन्छ भन्दा, अभिनेत्री बर्षा राउत जात्रै जात्रामा छिन्, बर्षा सिवाकोटी विर विक्रम २मा ।

फिल्म क्षेत्रमा बर्षा राउत र बर्षा सिवाकोटीको दुश्मनी चरम स्थानमा छ । दुबैले बाहिर भन्दा यो कुरा मानेका छैनन् । दुबै जना बर्षा सम्बन्ध नविग्रिएको भन्दै बाइट दिन्छन् ।

तर, नेपाली फिल्ममा दुई बर्षाको सम्बन्ध खराब छ । खराब यसकारणले कि, एउटा बर्षा भएको फिल्म अर्कोले नगर्ने पनि देखियो ।

मेरो पैसा खोई काण्ड, प्रकाश सुवेदीले बनाउने भनेको बकम्फुसे राजाको चक्कर । दुबै फिल्ममा दुइ जना बर्षाको टक्कर पर्यो ।

बर्षा राउतको प्रवेशसँगै बर्षा सिवाकोटी बकम्फुसे राजा नगर्ने मनस्थितीमा पुगिन् । यस्ता टकराव धेरै छन् ।

नाई नभन्नु ल ४ बाट बर्षा राउत फिल्ममा आएकी हुन् । नाई नभन्नु ल २ बाट बर्षा सिवाकोटी फिल्ममा आएकी हुन् । नाई नभन्नुको हिट ब्रान्डमा आउने भन्दा पहिले दुबै जना म्यूजिक भिडियोका मोडल हुन् । म्यूजिक भिडियोमा दुबै जना चलेका थिए । फिल्ममा को कती चलेको छ दर्शकले मुल्यांकन गर्नेछन् ।

दुबै जना बर्षा ठाउँ पाएसम्म एकले अर्कोलाई आरोप लगाउँछन् । दुबै जनाको बोलीमा अर्कोप्रति सकारात्मक सोच कम देखिएको छ ।

बर्षा राउत र बर्षा सिवाकोटीले अहिले फिल्ममा क्यारिअर बनाउन धौ धौ छ । दुबै जना हिट फिल्मको खोजीमा छन् । हिट फिल्म खोजिरहेका दुबै जना आफूले काम गरेको जात्रै जात्रा र विर विक्रम २ लाई जसरी पनि हिट बनाउन लागिरहेका छन् । यसरी लाग्न पनि आवश्यक छ ।

बाहिर नभनेपनि, एउटै ब्रान्ड फिल्मबाट र एउटै धरातलबाट फिल्ममा आएका बर्षाद्धयले फिल्मको व्यापार घटी र बढी हुँदा आफ्नो गफ कम र धेरै गर्नेछन् ।

बर्षा राउत बिहेपछि सुरक्षित अवतरण गरेको र श्रीमानको साथले पनि फिल्ममा लामो समय जान्छु भन्नेमा ढुक्क छिन् ।

बर्षा सिवाकोटी, निर्देशक मिलन चाम्स र विर विक्रमको टिम भेटेपछि आफू ढुक्क भएको बताउँदै आएकी छिन् । तर, यी दुई हिरोइनको टक्कर भने चल्दै आएको छ र चलिरहन्छ ।

विर विक्रम २ र जात्रै जात्राको व्यापारले को कती सफल र अगाडि भन्ने मात्र निर्धारण गर्ने हो ।