सौन्दर्य व्यवसायी गीता गिरीलाई ‘विशेष उद्यमी सम्मान’

विगत एक दशक अगाडि देखी सौन्दर्य व्यवसायमा सक्रिय मायाज् ब्युटी पार्लरकी संचालिका गीता गिरी सम्मानित भएकी छिन् । उनलाई घरेलु तथा साना उद्योग कार्यालय, भक्तपुरले तेश्रो उद्योग दिवसको अवसरमा आयोजना गरेको एक कार्यक्रममा ‘विशेष उद्यमी सम्मान’ प्रदान गरेको हो । उनलाई प्रदेश नम्बर ३का प्रदेश सभा सदश्य शशिजङ्ग थापाले उक्त सम्मान प्रदान गरेका हुन् ।

भक्तपुर जिल्लामा नै उत्कृष्ट महिला उद्यमी भएर सम्मान पाएकी गिरीले आगामी दिनहरुमा अझ राम्रो सेवा तथा सुविधाहरु विस्तार गरि व्यवसाय संगसंगै समाज सेवामा समेत लागि पर्ने बताइन् । भक्तपुर जिल्लाको सुर्यविनायकमा मुख्य कार्यालय सहित काठमाडौँको बानेश्वर र कलंकीमा शाखा रहेको मायाज् ब्युटी पार्लरको शाखा अमेरिका र दुवईमा समेत खोल्ने योजनामा रहेको गिरीले बताइन् । गिरी यस अघी पनि विभिन्न सौन्दर्य सम्मानहरुबाट सम्मानित भइसकेकी छिन् ।