ब्रेकअपपछि पहिलो पटक एकसाथ नीता-आमेश

फिल्म खेलेर ब्रेकअप भएपछि पहिलो पटक नीता ढुंगाना र आमेश भण्डारीले स्क्रिन सेयर गरेका छन् । गीत ‘बैमानी बैमानी’ मार्फत यी दुई ब्रेकअप जोडीले एकसाथ अभिनय गरेका छन् । आमेशले यो भिडियो मार्फत पहिलो पटक अरुको भिडियोमा अभिनय गरेका हुन् । जीतु श्रेष्ठ र अनु अधिकारीको आवाज रहेको गीतमा योगेन धोलिको शब्द रहेको छ ।  बिदुर सिवाकोटीको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियो छायांकन सम्पादन रोशन दाहालले गरेका हुन्।