प्रेममा छिन् बेनिशा ?

अभिनेत्री वेनिशा हमालको हातमा फिल्म ठिकठाक नै छ । उनलाई फिल्ममा गतिलो अफर आएको पाइदैन । वेनिशाको अभिनयको तारिफ भएता पनि उनलाई निर्माताले त्यती साह्रो नपत्याउनुको कारण के हो, वुझ्न कठिन छ ।

उनै बेनिशा हमाललाई फागुन महिनाले भने छोएको छ । मायाको महिना भनेर चिनिने यो महिनामा बेनिशालाई पनि मायालु हुन मन लागेछ क्यारे ।

उनले आफूलाई फागुन महिना मनपर्ने भन्दै यसलाई रेड महिनाको रुपमा चित्रित पनि गरेकी छिन् । साथमा उनले आफ्ना फ्यानलाई तपाइको मनपर्ने रंग कुन हो भनेर समेत सोधेकी छिन् ?

बेनिशाले रेड महिना र मायाको कुरा गरिरहँदा उनी कतै प्रेममा त छैनन् भन्ने अनुमान पनि लगाउन सकिन्छ । बेनिशा फागुन महिना लागेसँगै रोमान्टिक पनि देखिएकी छिन् । अहिले अभिनेत्रीहरुले प्रेमीलाई सार्वजनिक गर्ने क्रम बढेको छ । तर, बेनिशाले भने फागुन महिनालाई रोमान्टिक महिनाको सज्ञा त दिएकी छन् । तर, उनी प्रेममा छिन् या छैनन् भन्ने केही पनि खुलाएकी छैनन् ।

कतै, बेनिशा प्रेममा परेपछि यति रोमान्टिक त बनेकी होइनन् ?