‘टुल्की’मा बेनिशा अनुबन्धित

पछिल्लो समय नायिका बेनिशा खाली छिन् । उनको हातमा फिल्म नपरेको धेरै भयो । अघिल्लो वर्षा दुई फिल्म ‘झ्यानाकुटी’ र ‘ब्लाइन्ड रक्स’मा अभिनय गरेकी बेनिशा त्यसपछि फिल्ममा देखिएकी छैनन् । ब्लाइन्ड रक्सबाट उनले उत्कृष्ट अभिनेत्रीको धेरै अवार्डहरु समेत प्राप्त गर्न सफल भएकी थिइन् । तर आवार्डेड नायिका कै हातमा फिल्म थिएन । अब भने उनी एक फिल्ममा देखिने भएकी छिन् ।

खबरका अनुसार उनि फिल्म ‘टुल्की’मा अनुबन्ध भएकी छिन् । डेब्यु निर्देशक लक्ष्मण सुनारको निर्देशनमा बन्न लागेको टुल्कीमा उनी धेरै श्रीमान् कि एक्ली श्रीमतीको रुपमा देखा पर्ने छिन् । फिल्म बहुपति प्रथाको कथामा बन्नेछ । फिल्मका लागि अन्य कलाकारहरु भने फाइनल भएका छैनन् । यद्यपी फिल्म माघको १५ गतेबाट फ्लोरमा जाने तयारीमा रहेको बुझिएको छ । हालसम्म प्रदर्शनमा आएका बेनिशा अभिनित फिल्मले बक्स अफिसमा खासै जादु गर्न सकेका छैनन् । अब टुल्कीले बेनिशाको फिल्मी करियर कता लैजान्छ त्यो हेर्न भने फिल्म प्रदर्शन सम्म कुर्नै पर्ने हुन्छ ।