बेनिशाजी, आफ्नो लगनगाँठो कहिले ?

मंसिर महिना लागेपछि अहिले नेपाली फिल्मका अभिनेत्रीहरु आफन्त र साथीहरुको बिहेमा रमाउन थालेका छन् । उनीहरु साथी र आफन्तको बिहेमा रमाउँदै गरेको फोटो राख्नमा मस्त छन् । अभिनेत्री प्रियंका कार्की बिहेमा सहभागी हुन कै लागि भारत पुगेकी छिन् ।

अभिनेत्री वेनिशा हमाललाई पनि बिहेले छोएको छ । उनले सामाजिक संजालमा बिहेमा रमाउँदै गरेको तस्बिर मात्र होइन भिडियो पनि पोष्ट गरेकी छिन् । बिहेमा नाच्दै गरेको, खादै गरेको तस्बिरमा वेनिशा दंग  छिन् ।

बेनिशा कै कुरालाई आधार मान्दा उनको घरबाट उनलाई बिहेको लागि चर्को दबाब छ । उनी बिहेको बिषयलाई विभिन्न कुरा भनेर टार्ने पनि गर्छिन् ।

साथीको बिहेमा रमाएको भिडियो हेर्दा बेनिशालाई पनि बिहे गर्न मन लागेको जस्तो देखिएको छ । बेनिशाको फिल्म क्षेत्रमा आएपछि लभ अफेयरको कुरा त सुनिएको छैन ।

तर, पनि गतबर्ष २ फिल्म नचलेपछि अहिले फिल्म खासै नपाएकी वेनिशाले आफ्नो बिहेमा अरु साथीलाई नचाउने कहिले हो ? साथीको बिहेमा मात्र नाच्ने कि आफू पनि अरुलाई नचाउने वेनिशा जी ।